४. वन पैदावारको माग गर्दा पेश गर्नुपर्ने कागजातहरु ४.१ घर निर्माण प्रयोजनका लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि ३. हालसालै मालपोत तिरेको रसिदको प्रतिलिपि ४. वडा/गा.पा.÷नगरपालिकाको सिफारिस ५. नगरपालिका क्षेत्रमा र नक्सा पास गर्ने प्रावधान रहेका गा.पा. को हकमा भएमा नक्सा पास भएको प्रमाण र प्रमाणित नक्साको म्याद ६. सम्बन्धित व्यक्तिको निवेदन ४.२ घर मर्मत प्रयोजनका लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. घर भएको जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ३. सम्बन्धित वडा/गा.पा.÷नगरपालिकाको घर भएको प्रमाण सहितको सिफारिस ४. सम्बन्धित व्यक्तिको निवेदन ४.३ दैवी प्रकोप प्रयोजनका लागि १. जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिश २. प्रहरीको प्रतिवेदन ३. सम्बन्धित व्यक्तिको निवेदन ४.४ विकास निर्माण प्रयोजनका लागि १. आयोजनाको विस्तृत लगत इष्टिमेट २. जिल्ला समन्वय समितिको सिफारिश ३. संस्थाको आवेदन पत्र ४. सो कार्यक्रम जनसहभागिताको आधारमा सञ्चालन भएको र काठ खरिदमा अन्य निकायबाट रकम उपलब्ध नभएको पुष्टि हुने कागजात ५. उपभोक्ता समूह र सम्बन्धित निकाय बिच भएको सम्झौता पत्र । ४.५ कृषिऔजार प्रयोजनको लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. वडा/गा .पा.÷नगरपालिकाको सिफारिस ३. जग्गाधनि प्रमाणपत्रको प्रतिलिपी ४. हालसालै मालपोत तिरेको रसिदको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको निवेदन ४.६ घरकाज/धार्मिक कार्यको दाउराको लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. वडा/गा.पा.÷नगरपालिकाको सिफारिस ३. सम्बन्धित व्यक्तिको निवेदन ४.७ संघ संस्थाले डिपो स्थापनाका लागि काठ÷ दाउरा १. सम्बन्धित वडा/गा.पा.÷नगरपालिकाको निवेदन÷सिफारिस २. सम्वन्धित संघ संस्थाको उद्देश्य सहितको निवेदन÷पत्र ३. काठ दाउरा विक्री वितरण गर्ने प्रकृया र व्यावस्थापनको योजना । ४.८ काठ बिक्री वितरण गर्दा दलित, मुस्लिम र पिछडा वर्ग लगायत जिल्लाको दक्षिणी क्षेत्रका सामुदयिक वन र साझेदारी वन को उपभोत्ता नभएका समुदायलाई प्राथमिकता दिएर विक्री वितरण गरिने छ ।