लुम्बिनी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय
रुपन्देही
परिचय

डिभिजन वन कार्यालय रूपन्देहीको परिचय तत्कालिन अवस्थामा यस जिल्लाको वन सम्पदाको संरक्षण तथा व्यवस्थापन र अधिकतम राजश्व संकलन गर्ने उध्देश्यले २००९ सालमा परासी वन डिभिजन अन्तर्गत प्रशासनिक ईकाइबाट वन प्रशासनको शुरुवात भएतापनि २०१४ सालमा परासी सर्कल र २०१६ सालमा गण्डकी सर्कल अन्तर्गत पुन परासी डिभिजन त्यसपछि २०२०/२०२१ मा लुम्बिनी वन डिभिजन र २०२९ मा फेरी सर्कल खारेज भइ लुम्बिनी प्रधान वन कार्यालयको स्थापना तथा २०३३ सालमा लुम्विनी सर्कल अन्तर्गत लुम्बिनी डिभिजन हुँदै विभिन्न समयमा अनेक नामले वन संरक्षण र व्यवस्थापनको प्रयास भएको देखिन्छ । २०४० साल श्रावण १ गते देखि प्रत्येक जिल्लामा जिल्ला वन कार्यालयको स्थापना भए यता यस जिल्ला वन कार्यालय र अन्तर्गत ३ वटा इलाका वन कार्यालय र प्रत्येकमा ४-४ वटा वन इकाइको स्थापना भयो । २०५० सालमा नयाँ वन संगठन लागू भएपछि यो जिल्ला ख वर्गका १६ जिल्ला मध्ये एक कायम भएको जस अन्तर्गत २ वटा इलाका वन कार्यालय र १२ वटा रेञ्जपोस्ट कार्यरत थिए र त्यस पश्चात २०७१ पुषको समायोजन अनुसार यस जिल्लामा २ वटा सेक्टर वन कार्यालय र १२ वटा इलाका वन कार्यलयहरु रहेकोमा नेपाल सरकार म प को मिति २०७५/०३/३२ को निर्णय अनुसार प्रदेश सरकार अन्तर्गत रहने गरी यस कार्यालयको नाम डिभिजन वन कार्यालयको हुन गएको र कार्यालयको अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहने गरी व्यवस्था गरिएको छ ।